देशभर रहेको कोभिड १९ विरुद्ध खोपको मौज्दात तथा लगाईएका व्यक्तिहरुको विवरण प्रविष्ट गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित सरोकारवालाहरुलाई निर्देशन दिएको छ ।
सोमबार एक सुचना जारी गर्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो । स्वास्थ्य सेवा विभाग अन्तरगतका वयवस्थापन महाशाखा, सात वटै प्रदेश आपुर्ति व्यवस्थापन केन्द्र, ७७ जिल्ला स्वास्थ्य कार्यालय, ७५३ वटा स्थानिय तह लगायतलाई आगामी शुक्रबार सम्म सो विवरण उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको हो ।
खोपको विवरण संकलन गरिरहेको मन्त्रालयले हराएको भनिएको २४ लाख डोज खोपको खोजिका खातिर यि विवरणहरु संकलन गर्न थालेको हो ।




