लगानीकर्ताहरुका लागि साताको पहिलो कारोबार दिन फलदायक रह्यो । आइतबार नेप्से परिसुचक १०५ अंकले बढेपछि लगानीकर्ताहरुमा उत्साह थपिएको छ । अघिल्लो साता १५१.६१ अंकले घटेर २७७९.९८ मा झरेको बजार आईतबार १०५.५५ अंकले बढेर २८८५.५३ पुगेको छ । यसदिन समग्रमा बजार ३.८ अंकले बढेको छ ।
सेन्सिटिभ इन्डेक्सपनि १९.८१ अंकले बढेर ५३८.५३ अंकमा पुगेको छ । फ्लोट इन्डेक्स ७.२७ र सेन्सिटिभ फ्लोट ६.५७ अंकले बढेको छ । यसदिन सवै उपसमुहका परिसुचक बढेका छन् । सवैभन्दा धेरै जिवन बिमा उपसमुहको ५४८.०६ अंकले बढेको छ भने म्युचल फन्डको ०.२८ अंकले बढेको छ ।
यसदिन नेप्सेमा २३१ कम्पनिको ८१,७०६ पटकको कारोबारमा १,२१,५५,४३२ कित्ता शेयर ६,३२,४२,७४,०३९ बराबरको कारोबार भएको छ । निफ्रा सहित ५ कम्पनिको मुल्यमा सर्किट लागेको छ ।




