सामाजिक संजालमार्फत महिला माथी र्दुव्यवहार गर्ने कास्कीको रुपा गाउँपालिका वडा नं. ७ सिस्नेरीका एक व्यक्ति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सिस्नेरीका ३१ वर्षीय मुक्ति खनाल भनिने मुक्तीनाथ खनाललाई शुक्रबार महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय एयरपोर्टको समन्वयमा नियन्त्रणमा लिईएको हो ।
आरोपित खनालले विदेशमा रहदाँ फेसबुक मार्फत महिलालाई फ्रेन्ड रिक्वयस्ट पठाई म्यासेजमा कुराकानीका क्रममा डर, धाक, धम्की दिई ति महिलाको नग्न फोटो तथा भिडियोहरु प्राप्त गरि उनका श्रीमान लगायतका आफन्तहरुलाई पठाई दिन्छु भनि ब्ल्याक मेल गरि विद्युतिय कारोवार ऐन २०६३ अन्तरगतको कसुर गरेकाले पक्राउ गरिएको प्रहरीले बताएको छ ।
खनाललाई वैदेशिक रोजगारीबाट फर्कने क्रममा विमानस्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार