गण्डकी प्रदेशमा थप ५१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा थप ५१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका २०७ जना, स्याङ्जाका ६३ जना, बाग्लुङ्का ५५ जना, नवलपुरका ४५ जना, तनहुँका ४४ जना, लमजुङ्का ५२ जना, म्याग्दीका २६ जना, गोरखाका २० जना, पर्वतका ३ जना र मुस्ताङ्का १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसअवधिमा ६२६ जना संक्रमणमुक्त भएका छन् । १ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । निर्देशनालयका अनुसार नवलपुरको कावासोती नगरपालिका २ का ४६ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा भरतपुर अस्पताल चितवनमा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार