गण्डकी प्रदेशमा थप ९३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा १६५२ नमुना परिक्षण गरिएकामा ९३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा सक्रिय संक्रमितको संख्या ६४५४ पुगेको छ । विवरण अनुसार मंगलबार कास्कीमा ३९१ जना, तनहुँमा ९८ जना, पर्वतमा १३ जना, स्याङ्जामा १९३ जना, म्याग्दीमा २७ जना, नवलपुरमा ६० जना, गोरखामा ३७ जना, बाग्लुङ्मा ५९ जना र लमजुङ्मा ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसअवधिमा २०६ जना संक्रमण मुक्त भएका छन् ।




