निर्वाचन आयोगले वैशाख मसान्तसम्म निर्वाचनको मिति तोकिए निर्वाचनका लागि आफुहरु तयार रहेको बताएको छ । स्थानिय तहको निर्वाचनका विषयमा पटकपटक सरकारको ध्यानाकर्षण गराएको आयोग निर्वाचनको मिति तोक्न आग्रह गर्दै विज्ञप्ती मार्फत वैशाख मसान्त सम्म निर्वाचनका लागि आयोग तयार रहेको जनाएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले विज्ञप्ती मार्फत निर्वाचन सम्पन्न गर्न आवश्यक पुर्व तयारीका कार्यहरु निरन्तर भैरहेकाले आयोगले प्रस्ताव गरेको मितिमा सरकारले निर्वाचनको मिति घोषणा गरे वैशाख मसान्त भित्र स्थानिय तहको निर्वाचन सम्पन्न गराउन आयोग तयार रहेको बताएका हुन् ।
आयोगले यसअघि २०७९ वैशाख १४ मा एकैचरणमा तथा कुनै कारणवस एकैचरणमा नसकिए दोस्रो चरणमा वैशाख २२ गते सम्पन्न गर्न सकिने प्रस्ताव गरेको थियो ।




