आजदेखि सार्वजनिक स्थान जाँदा कोरोना विरुद्धको खोप लगाएको प्रमाण स्वरुप खोप कार्ड अनिवार्य गरिएको छ ।
देशभरका जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने बताईसकेका छन् । खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुनेछ ।
सबै निकायहरुले खोप कार्ड हेरेर मात्र आगन्तुकलाई प्रवेश गर्न दिनुपर्ने जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशमा उल्लेख छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि कास्कीमा पनि यो व्यवस्था लागु गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार