गण्डकी प्रदेशमा थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यसअवधिमा ८३७ जनाको नमुना परिक्षण गरिएको थियो । निर्देशनालयका अनुसार कास्कीमा सवैभन्दा धेरै १८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै स्याङ्जामा ६३ जना, गोरखामा ४५ जना, नवलपुरमा ३४ जना, तनहुँमा ३१ जना, बाग्लुङ्मा ९ जना, लमजुङ्मा ४ जना, पर्वतमा ३ जना, म्याग्दीमा २ र मुस्ताङ्मा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या १ हजार ५१० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार