गण्डकी प्रदेशमा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा कास्की ९५ सहित गण्डकीका १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीमा सवैभन्दा धेरै ९५ जना, नवलपुरका ५५ जना, तनहुँमा १६ जना, स्याङ्जामा १० जना, म्याग्दीमा ५ जना, मुस्ताङमा २ जना र बाग्लुङ्का २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअवधिमा थप १८ जनामा संक्रमण मुक्त भएका छन् ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या ७६५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार