कास्कीमा थप ११५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा कास्कीमा मात्र थप ११५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विवरण अनुसार नवलपुरमा ३० जना र अन्य जिल्लाहरुमा २० जनामा संक्रमण पुष्टि भएको छ ।
१९ जना संक्रमण मुक्त भएका छन् । हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या ५९७ जना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार