गण्डकी प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १७२ जना रहेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समय कोरोना भाइरसका संक्रमितहरुको संख्यामा तुलनात्मक रुपमा वृद्धि हुदै आएको छ । उनिहरु मध्ये १५१ जना होम आइसोलेसनमा रहेका छन् ।
विवरण अनुसार कास्कीमा सवैभन्दा धेरै १२७ जना रहेका छन् भने, नवलपुरमा १९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै स्याङ्जा र तनहुँमा ३/४ जना, बाग्लुङमा ७ जना, पर्वत र लमजुङमा ७/३ जना र म्याग्दीमा २ जन सक्रमित रहेका छन् । प्रदेशका तिन जिल्ला मुस्ताङ, गोरखा र मनाङ संक्रमण मुक्त भएका छन् ।
हाल गण्डकीमा १७२ जना सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ । कोरोना भाइरसको संक्रमणका कारण हालसम्म १ हजार ४२७ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार