नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “कोरोना परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु । कम्तीमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसंग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रता पूर्वक अनुरोध गर्दछु ।”
पछिल्लो पटक नेपालमा कोरोना संक्रमितहरुको संख्या दोब्बर हुदै गएको छ । शुक्रबार मात्रै २४ जना ओमिक्रोन संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार