गण्डकीमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा ९ जना महिला र ७ जना पुरुष गरि १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका ११ जना, नवलपुरका २ जना, पर्वतका २ जना र तनहुँका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । ७ जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, ६ जनाको लाईफ केयर एण्ड डायग्नोष्टिक सेन्टर प्रा.लि, २ जनाको मध्यविन्दु अस्पताल र व्यास कोभिड ल्यावमा १ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबार ६ जना संक्रमणमुक्त भएका छन् । हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या १५४ जना रहेको छ । उनिहरु मध्ये १३१ जना होम आइसोलेसनमा रहेका छन् ।




