गण्डकीमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा ८ जना महिला र ११ जना पुरुष गरि १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका १६ जना, नवलपुरका २ जना र स्याङ्जाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । ९ जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, ८ जनाको लाईफ केयर एण्ड डायग्नोष्टिक सेन्टर प्रा.लि र २ जनाको मध्यविन्दु अस्पतालमा संक्रमण पुष्टि भएको हो ।
यसैविच कोरोना भाइरसको संक्रमणका कारण उपचाररत तनहुँको शुक्लागण्डकी नगरापलिका वडा नं.७ की ७१ वर्षीय एक वृद्धको उपचारका क्रममा पोखरा स्वास्थ्य वित्रान प्रतिष्ठानमा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
आईतबार १४ जना संक्रमणमुक्त भएका छन् । हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या १३२ जना रहेको छ । उनिहरु मध्ये ११७ जना होम आइसोलेसनमा रहेका छन् ।




