गृहमन्त्री बालकृष्ण खाणले अमेरीकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) अगाडी बढ्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्धारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री खाणले दलहरुका बिचमा छलफल गरि सहमतिका आधारमा यसलाई अगाडी बढाउने बताएका हुन् ।
उनले भने, “यो परियोजना नेपालले नै प्रस्ताव गरेको हो, यो परियोजना कुनै सैन्य गठबन्धन हुदैँहोईन्, नेपालको भौतिक विकासका लागि नै हो । नेपाल जलस्रोतको धनी मुलुक, नेपालमा अहिले प्रस्तावित भएका, निर्माणाधिन रहेका जलविद्युत आयोजनाबाट जलविद्युत उत्पादन भैसकेपछि त्यसलाई खपत गर्न र निर्यात गर्नका लागि पनि ट्रान्समिसन टावर चाहिन्छ नै र अघि भने जस्तै सडक व्यवस्थापनका लागि पनि हामीलाई थुप्रै स्रोत चाहिन्छ । यो सडक र विद्युतका लागि नै हो । यो फेरी हामीले तिर्नुपर्ने रकम होईन्, विशुद्ध अनुदान हो । यसलाई नेपालले सदुपयोग गर्नुपर्छ । र, यो अगाडी बढ्छ ।”
यसका सम्बन्धमा असहमत दलहरुलाई पनि सहमत बनाएर अगाडी बढ्ने उनले बताए । सम्पुर्ण राजनीतिक दलहरुको सहमतिका आधारमा यस परियोजनालाई टुंगो लगाउने उनले बताए । उनले हुन्छ कि हुदैन् भन्ने दोधारका बिचबाट नेपालमा धेरै राजनीतिक घट्ना क्रमहरु भैरहेको उल्लेख गर्दै यसलाई पनि ढिलोचाँडो अगाडी बढ्ने विस्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार