नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले कुनै पनि सैन्य गठबन्धनमा नेपाल सामेल नहुने बताएका छन् । पोखरामा आयोजित पार्टीको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालमा अमेरीकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) को चर्चा चलिरहेका बेला उनले भने, “नेपाल कुनै किसिमको सैन्य गठबन्धनमा सहभागी हुदैन्, कुनै देशसंग मात्र टाँसिएर बस्दैन्, हामी स्वतन्त्र नीति लिन्छौँ, असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छौँ ।”
अध्यक्ष नेपालले अरु देशका आन्तरीक मामिलामा आफुहरुले हात नहाल्ने र आफ्नो देशको आन्तरिक मामिलामा पनि अरु कसैले हात नहालुन भन्ने चाहेको बताए । उनले नेपाल इतिहासमा कसैको पराधिन नभई स्वतन्त्र राष्ट्र हो भन्ने कुराको हेक्का राख्न समेत अनुरोध गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार