गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पिसिआर तथा एण्टिजेन परिक्षणमा कास्कीका १० सहित २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
निदेएशनालयका अनुसार बाग्लुङ्का ५, स्याङ्जाका ४ र म्याग्दीका १ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उसअवधिमा थप ५७ जना संक्रमण मुक्त भएका छन् ।
हाल गण्डकीमा थप १४९ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार