गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका १५ जना महिला र २३ जना पुरुष गरि ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीमा १५, बाग्लुङमा १४ र नवलपुरमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ९ जना संक्रमण मुक्त भएका छन् । हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या १८२ रहेको छ ।
पछिल्लो समय कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार