विवादित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालार्ई सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायाधीश विरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको हो ।

कानुन व्यवसायीहरुको निकै ठुलो समुहले उनलाई राजिनामा दिन चेतावनी दिईरहेको छ । जबरा कोरोना संक्रमण भई उपचाररत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार