कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचाररत संक्रमितहरु मध्ये ३ जनाको मृत्यु भएको हो ।
यसअवधिमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ६३२ नमुना परिक्षणमा २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । ३२५ जना संक्रमण मुक्त भएका छन् ।
हाल नेपालमा ७ हजार १५६ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार