नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटिको दोस्रो अधिवेसन शनिबार हुने भएको छ ।
नयाँ नेतृत्व चयन समेत गर्ने उक्त अधिवेसनको आवश्यक तयारी पुरा भएको महानगर कमिटिका अध्यक्ष विश्वप्रकाश लामिछानेले जानकारी दिए ।
पोखरा सभागृहमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले दिएको जानकारी अनुसार अधिवेसनले आगामी ३ वर्षका लागि ९९ सदस्यीय नयाँ महानगर कमिटि चयन गर्नेछ । महानगरमा पार्टीका ८ हजार बढि संगठित कार्यकर्ता रहेका माओवादीले जनाएको छ ।
अधिवेसनमा वडा सम्मेलनबाट छनौट भइआएका ५०१ प्रतिनिधिहरुको सहभागीता रहने छ ।




