कास्की कांग्रेसको नेतृत्वका लागि ५ जनाको उमेद्वारी परेको छ । पार्टीको जिल्ला सभापतिका लागि आई बहादुर गुरुङ, किशोरदत्त बराल, गिरीराज गौतम, पोषनाथ शर्मा र सुदिपमोहन भट्टराईको उमेद्वारी परेको हो ।
यस्तै उपसभापतिका लागि १० जना, सचिव र सहसचिव पदका लागि ९–९ जना, पोखरा महानगरपालिकाको महिला सदस्यमा ३ जना सहित १९ जना, रुपा गाउँपालिका सदस्यमा १ महिला सहित ३ जना, मादि गाउँपालिकामा १ महिला सहित ३ जना, अन्नपुर्ण गाउापालिमा १ महिला सहित २ जना र माछापुच्छ्रे गाउँपालिकामा १ महिला सहित ४ जनाको उमेद्वारी परेको छ ।
जिल्ला कार्य समिति सदस्यको खसआर्य महिलामा ३ सहित १६ जनाको उमेद्वारी परेको छ । यस्तै पार्टीको जिल्ला कार्यसमितिको आदिवासी जनजाती सदस्यमा २ जना महिला सहित ८ जना र दलित सदस्यमा १ महिला र १ पुरुषको उमेद्वारी परेको छ ।
१४ औँ महाधिवेसनको तयारीमा रहेको कांग्रेसले जिल्ला समितिको निर्वाचन भने शुक्रबार हुदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार