नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको एकिकरण प्रश्चात केपी ओलीलाई नेतृत्वको जिम्मेवारी दिनु गलत भएको तर्क गरेका छन् । आफुले जनताको विश्वास बोकाएको व्यक्ति ओली नायक नभई खलनायक परेको टिप्पणी अध्यक्ष प्रचण्डले गरे ।
कैलालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “प्रचण्डले बोलेको काम नगर्ने कसम ओलीले खाए, आफुले भनेका कुनै पनि काम गरेनन् । जसका कारण विगतमा आफुले जनताका सामु गरेका बाचाहरु पुरा गनै सकिएन् र ओली बालुवाटारबाट बालकोट पुगे । सातै प्रदेश सरकारबाट हात समेत धुन पर्यो ।” तर, अहिले परिस्थिती बद्लिएको भन्दै आफु र गठबन्धन सरकारलाई विश्वास गर्न उनले आग्रह पनि गरे ।
हाल आफु प्रधानमन्त्री नभएको भएपनि प्रधानमन्त्री भन्दा कम भने नरहेको उनले दावी गरे । आफुले त्यस क्षेत्रको विकासका लागि विशेष पहल गर्ने उनले विश्वास समेत दिलाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार