नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको न्यायालयमा अपरेसनको आवश्यकता रहेको बताए । काठमाण्डौमा आयोजित साईवर सर्कलको घोषणा कार्यक्रमलाई समबोधन गर्दै उनले यस्तो बताएका हुन् ।
न्यायीक क्षेत्रमा क्यान्सर भैसकेको उल्लेख गर्दै उनले त्यसको उपचार धामीबाट खोज्ने प्रयत्न गरिएको भन्दै व्यङ्ग्य समेत गरे । अण्डा मन्छाएर क्यान्सर निको नहुने भन्दै अपरेसन र किमोको आवश्यकता रहेको उनले बताए ।
अहिले मुलुकमा आन्दोलन नभएको तर, सर्वोच्च अदालतको आँगनमा आन्दोलन केन्द्रित भएको बताए । बार र सर्वोच्च अदालतमा तमासा भैरहेको उनले टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार