गण्डकी प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १८४ जना रहेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समय कोरोना भाइरसका संक्रमितहरुको संख्यामा तुलनात्मक रुपमा कमी आएको छ । उनिहरु मध्ये १५७ जना होम आइसोलेसनमा रहेका छन् ।
विवरण अनुसार कास्कीमा सवैभन्दा धेरै १२१ जना रहेका छन् भने, नवलपुरमा २५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै स्याङ्जा र तनहुँमा ९÷९ जना, बाग्लुङमा ११ जना, गोरखामा ४ जना, पर्वत र लमजुङमा २÷२ जना, मुस्ताङमा १ जना सक्रमित रहेका छन् । प्रदेशका दुई जिल्ला म्याग्दी र मनाङ संक्रमण मुक्त भएका छन् ।
पछिल्लो १ सातामा प्रदेशमा १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो भने ९ जनाको मृत्यु र २८७ जना संक्रमणमुक्त भएका छन् । हाल गण्डकीमा १८४ जना सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ । कोरोना भाइरसको संक्रमणका कारण हालसम्म १ हजार ४१२ जनाको मृत्यु भएको छ ।




