गण्डकीमा हालसम्म ७ लाख ४४ हजार ३३६ जनाले कोरोना भाइरस संक्रमण विरुद्ध खोपको पुर्णमात्रा लगाएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ११ लाख ५१ हजार बढिले खोपको पहिलो मात्रा लगाएका छन् ।
सवैभन्दा धेरै कास्कीका २ लाख ८ हजार बढिलाई खोपको पुरा मात्रा र ३ लाख ५४ हजार बढिलाई पहिलो मात्रा खोप दिईएको छ । यस्तै नवलपुरका ९८ हजार, स्याङ्जाका ८४ हजार, तनहुँका ७५ हजार, गोरखामा ७२ हजार, लमजुङका ५७ हजार र बाग्लुङका ५४ हजार बढिले खोपको पुर्ण मात्रा लगाएका छन् ।
प्रदेशका मनाङ र मुस्ताङका सवै नागरिकहरुलाई खोप प्रदान गरिएको छ । खोपको पहिलो मात्रा लगाएकाहरुलाई हाल दोस्रो मात्राको खोप दिने कार्यक्रम जारी रहेको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार