नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
९ हजार ९२० नमुना परिक्षणमा ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यसअवधिमा २३२ जना संक्रमण मुक्त भएका छन् । आज मात्रै १ लाख ४७ हजार २६२ जनाले खोप लगाएका छन् ।
हाल ७ हजार ३६९ जना सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ । २०६ जनाको आइसियु र ४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार