गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको आरटिपिसिआर परिक्षणमा कास्कीका २० जना सहित प्रदेशका ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
गण्डकीका १३ जना महिला र १८ जना पुरुषमा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । आज ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या १४१ जना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार