नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप ६ जनाको मृृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पताल तथा उपचार केन्द्रहरुमा उपचाररत ६ जना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार यसअवधिमा थप ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४६० पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितहरुको संख्या ७ हजार ५१९ जना रहेका छन् ।




