कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण उपचारमा रहेका बिरामीहरु मध्ये १ जनाको मृत्यु भएको हो ।
यसअवधिमा थप ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८४ जना भने संक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार १९४ रहेको छ ।
उनिहरु मध्ये ३३८ जनाको सघन उपचार कक्ष आइसियु र ११५ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ११ हजार १९२ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार