पोखरामा रहेको पूर्वयुवराज पारस शाहको फ्ल्याटमा चोरी भएको छ । चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौंको मित्रनगरबाट शिव गौतम पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए ।
उनका अनुसार शाहको निवासमा कामदारका रुपमा कार्यरत गौतम उनको फ्ल्याटमा चोरी गरेर भागेका थिए । उनको निवासबाट क्यामरा, दुई वटा आईप्याण्ड, दुरबिन लगायत चोरी भएको बताइएको छ । चोरीका सामान पनि बरामद भएको प्रहरीले जनाएको छ ।

उनी मित्रनगरको न्यू राप्ती गेस्टहाउसमा बसिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले बताएको छ । ‘चोरी सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ’ सिंहले भने ।
काठमाडौं प्रहरीले उपत्यकामा चोरीमा संलग्न २०७ जनालाई पक्राउ गरी सोमबार दिउँसो सार्वजनिक समेत गरेको छ ।



