कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण प्रदेशका विभिन्न अस्पतालहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये ४ जनाको मृत्यु भएको हो ।
निर्देशनालयका अनुसार कास्कीका २ र तनहुँका २ जनाको संक्रमणका कारण मृत्यु भएको हो । यसअवधिमा ५५ जना महिला र ६१ जना गरि ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । गण्डकीका हालसम्म ८५ हजार बढिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
हाल गण्डकीमा १ हजार २१६ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार