पोखरा महानगरपालिका वडा नं. ४ र ५ जोड्ने फिर्के खोलामा निर्माणाधिण पुल अलपत्र परेपछि स्थानिय व्यवसायीहरुले विरोध गरेका छन् । सिद्धार्थचोकदेखी पश्चिम तर्फ प्रस्र्याङस्थित बाग्लुङ् हाइवेसंग जोडिने पुल अलपत्र परेपछि व्यापार व्यवसाय चौपट परेको व्यसायीहरुको गुनासो छ ।
पोखरा महानगरपालिकाले सो पुल निर्माणका लागि शान्ति आरोग्य जेभि सानेपा ललितपुरसंग ४ करोड ५५ हजारमा एक वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरेको थियो । तर, निर्माण थालेको २ वर्षसम्म पनि पुल अलपत्र बनेको छ ।
उनिहरुले पुल निर्माणमा दवाव दिन आईतबारदेखी चक्का जाम गर्ने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार