प्रधानमन्त्री शेर बहादुर देउवाले बोलाएको सर्वदलिय बैठक प्रमुख विपक्षी दल नेकपा (एमाले)ले बहिष्कार गर्ने भएको छ ।
संसदको गतिरोध अत्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले देउवाले आज बिहीबार बिहान १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । तर, आफूहरु यो बैठकमा नजाने एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले बताए ।
वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएको लगायतका विषयमा एमालेको असमति रहेकोले बैठकमा नजाने उनले बताएका हुन् ।




