रामराज लामिछानेले हालै मात्र पोखरा महानगरपालिकाको सचेतक तथा दलको नेताबाट दिएको राजिनामा फिर्ता लिएका छन् । नेपाली कांग्रेसको पोखरा महानगर समितिको निर्वाचनमा पराजय ब्यहोरेपछि उनले महानगर दलको नेता तथा सचेतक दुवे पदबाट राजिनामा दिएका थिए ।
उनले दलको नेताबाट राजिनामा दिएपछि दलका उपनेता पोखरा महानगरपालिका वडा नं. ४ का अध्यक्ष शंकर प्रसाद बास्तोलाको अध्यक्षतामा बसेको कांग्रेसबाट निर्वाचित ११ जना वडा अध्यक्षहरुको बैठकले गरेको आग्रह अनुरुप लामिछाने राजिनामा फिर्ता लिन तयार भएको जारी विज्ञप्तीमा जनाईएको छ ।
अकस्मात आएको लामिछानेको राजिनामा प्रति उनिहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएपछि उनि राजिनामा फिर्ता लिन तयार भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार