पोखरा महानगरपालिका वडा नं. १७ मा २ रोपनी जग्गाको विवादले वादी र प्रतिवादीहरु विभाजित देखिएका छन् । पोखरा १७ को महतगौडा क्षेत्रमा पर्ने तत्कालिन कित्ता नं. २१९ मध्येको २ रोपनी जग्गा जग्गा धनी भीमप्रसाद आचार्यले श्याम प्रसाद शर्मालाई मिति २०५६ साल ९ महिना ७ गते राजिनामा गरि दिएका आदालतमा पेश गरिएका लिखतमा उल्लेख छ ।
सो जग्गाको विषयमा कास्की जिल्ला अदालतमा दायर गरिएको मुद्धाको सुनुवाई गर्दै न्यायाधिस बालेन्द्र रुपाखेतीले २०६२ साल अषाढ १४ गते २०५६ साल ९ महिना ७ गतेको राजिनामा जालसाज घोषित गरि पाउँ भनि भिम प्रसादका छोरा दिपक आचार्य सहितका वादीहरुले दिएको मुद्धामा वादीको दावी पुग्न नसक्ने ठहरी सो इजलासबाट फैसला भैसकेबाट श्याम प्रसाद शर्माले लिएको राजिनामा कायम राख्दै श्याम प्रसादले पुनः सितादेवीलाई २०५८ असार ४ गते दिएको राजिनामालाई सदर ठहर्याई दियो ।
जिल्ला अदालतको उक्त फैसलामा चित्त नबुझेपछि मुद्धाका वादीहरु पुन पुनरावेदन अदालत पोखरामा पुगे । पुनरावेदन अदालतका तत्कालिन न्याधिसहरु हरि प्रसाद घिमिरे र मोहोन प्रसाद घिमिरेको संयुक्त इजलासले जिल्ला आदालतको फैसलालाई सदर गरिदियो । त्यसपछि पनि जग्गा निरन्तर किनबेच भैरह्यो । पछिल्लो पटक पोखरा १७ विरौटा बस्ने शान्ति अर्यालले पोखरा २० भलाम बस्ने जीता पौडेलसंग सो जग्गा २०७५ बैशाख १९ र २०७६ वैशाख २५ गते गरि कि.न. ६१ र ६२ श्रेष्टापुर्जा सहित राजिनामा लिईन् ।
तर, भीम प्रसादका छोरा दिपक आचार्य लगायत तत्कालिन मुद्धाका वादीहरुले सो जग्गा उपभोगका सम्बन्धमा विभिन्न बाधाहरु सृजना गरि भोगचलनमा अवरोध गरेको जग्गााधनी शान्ति अर्यालका श्रीमान कृष्ण अर्यालले गुनासो गरेका छन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “आफ्नो जग्गामा संरक्षणका लागि लगाईएको डिपिसी भत्काउने, घेराबार भत्काई फलामका एंगलहरु चोरी गर्ने, निर्माण सामाग्रीमा हानी नोक्सानी पुर्याउने र भोगचलनमा अवरोध गर्ने गरिएको छ ।”

उनले भनेका छन्, “आफुलाई पत्रकार हुँ भन्ने, सामाजिक अभियान्ता र मानवअधिकारवादी हुँ भन्दै आफ्नी श्रीमति शान्ति अर्याललाई तथानाम गालिगलौज गर्ने, घरेलु हतियारहरु देखाई काट्छु मार्छु भन्ने, विभिन्न डर, धाक धम्की दिई व्यक्ति अपहरण गर्छुभनि मलाई शारिरीक र मानसिक तनाव दिईएको अवस्था हो । आफुसंग जग्गा आफ्नै भन्ने प्रशस्त कानुनी आधार र प्रमाणहरु हुदाँ हुदैपनि दिपक आचार्य लगायतले जवरजस्त जग्गा हडप्न खोजिरहेका छन् ।” जग्गाधनी अर्यालले जग्गाको तिरो पोखरा महानगरपालिकामा तिरिरहेका छन् ।
पछिल्लो पटक उक्त जग्गा भोगचलनमा गरिएको बाधा हटाई भोगचलनका लागि निषेधाज्ञा सहित अन्तरिम आदेशको माग गरि कास्की जिल्ला अदालतमा दायर मुद्धामा सनुवाई गर्दै न्यायाधिस अनन्त प्रसाद श्रेष्ठको इजलासले कि.न ६१ र ६२ का जग्गा निवेदक शान्ति अर्यालको नाममा दर्ताश्रेष्टा कायम रहेको भन्दै सो जग्गामा कुनै किसिमको हस्तक्षेप नगर्नु नगराउनु भनि विपक्षी दिपक आचार्य सहितका नाममा जिल्ला अदालत नियमावली २०७५ को नियम ३४ बमोजिम अन्तरिम आदेश जारी गरेको छ ।
तर, पनि सो आदेशको समेत बर्खिलाप हुने गरे आचार्यले निरन्तर अवरोध गरेको जग्गाधानी अर्यालको आरोप छ । उनले आचार्य विरुद्ध कास्की प्रहरीमा अवद्र व्यवहारको मुद्धा हालेका छन् । आचार्य भने सात दिन हिरासत बसेर १ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । उनले आफु माथी झुठ्ठा मुद्धा लगाई अन्याय गरिएको भन्दै प्रहरी हिरासत मै अनसन समेत बसेका थिए । यस घट्नाले उनिहरुको बिचमा थप तिक्त्तता बढाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार