कोरोना भाइरसको संक्रमणका कारण कास्कीमा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा उपचाररत संक्रमितहरु मध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
उनिहरु मध्ये ३ जना पोखरा महानगरपालिका र १ जना रुपा गाउँपालिकाका रहेका छन् । यसअवधिमा कास्कीमा थप १२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा आज ९० जना महिला र १०२ जना पुरुष गरि १९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार १५३ रहेको छ । पछिल्लो २४ घण्टामा २६२ जना संक्रमण मुक्त भएका छन् ।




