नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत शनिबार हुने नेपाली कांग्रेस पोखरा महानगर पालिकाको नगर अधिवेशनमा आफुलाई मतदान गरि विजयी गराउन सभापति पदका उमेद्वार रामराज लामिछानेले अपिल गरेका छन् ।
पोखरा महानगरपालिमा लथालिङ्ग कांग्रेसलाई एकिकृत गरि नयाँ उत्साहका साथ बलियो पार्टी निमार्णको यस अभियानमा सहभागी भई आफुलाई साथ दिन उनले अपिल गरेका हुन् । पार्टी संगठनलाई बलियो बनाउदै आम नागरिकको भरोसा योग्य पार्टी निमार्ण गर्ने प्रतिवद्धता उनले जाहेर गरेका छन् ।
आगामी स्थानिय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने गरि नेपाली कांग्रेसको पार्टी संगठन मजबुत बनाउनुका साथै पोखरा महानगरपालिकाको ३३ वटै वडामा पार्टीको टोल विकास समिति, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ र नेपाल दलित संघ लगायत पार्टीका भातृ तथा सुभेच्छुक संगठनहरु निर्माण गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।
२०३६ सालदेखी नेपाली कांग्रेसको राजनीतिमा निरन्तर क्रियाशिल लामिछाने पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका अनुभवि व्यक्ति हुन् । उनि हाल पोखरा महानगरपालिकाको कार्यपालिकामा दलको सचेतक र वडा नं. ९ को अध्यक्षका रुपमा निर्वाचित जनप्रतिनिधि हुन् ।
सभापति पदका उमेद्वार लामिछानेले, ‘सबल नेतृत्व, इमान्दारिता र पारदर्शिता, संगठित कांग्रेस आजको आवस्यकता भनेका छन् ।’ र, आफुसंग भएको अनुभवको पुर्ण उपयोगले यो सवै सम्भव रहेको उनले दावी पनि गरेका छन् ।
महानगरमा उनि सहित पोखरा ११ का अध्यक्ष रहेका मोहनप्रसाद बास्तोला, गंगाधर पराजुली, ज्योति हमाल, सुरेन्द्रमान विजुक्क्षे र मिलन तिवारीले सभापतिको दावी गरिरहेका छन् । उनिहरु मध्येबाट क्षेत्रिय प्रतिनिधि र वडा सभापतिहरुले मतदान मार्फत पार्टी महानगरको सभापति चयन गर्नेछन् ।
देशभर नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत शनिबार गाउँ÷नगरपालिकाको अधिवेशन हुदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार