साहारा क्लव पोखराको अध्यक्षमा हरीराम गुरुङ्ग चयन भएका छन् । बुधबार सम्पन्न क्लवको २३ औँ वार्षिकोत्सव १२ औँ अधिवेशन गुरुङ्गलाई क्लवको अध्यक्षमा चयन गरेको हो ।
यस्तै क्लवको वरिष्ठ उपाध्यक्षमा केशबराज बराल, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा रामजी प्रसाद अधिकारी, सचिवमा सुनिल रानामगर, कोषाध्यक्षमा नवराज अधिकारी र सह–कोषाध्यक्षमा विनु रानामगर चयन भएका छन् ।
क्लवको सदस्यहरूमा रोजिना गुरुङ्ग,ज्योति के.सी, शंकर सुवेदी, अतित गुरुङ्ग, मनमाया तामाङ्ग र मनोज थापा चयन भएका छन् ।




