कास्की जिल्लामा जारी लकडाउन लामो समयपछि अन्त्य गरिएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका खातिर आह्वान गरिएको लकडाउन अर्को सुचना नआएसम्मका लागि अन्त्य गरिएको स्थानिय प्रशासनले जनाएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्धारा जारी आदेशमा लकडाउनका कारण रोकिएमा सम्पुर्ण सेवाहरु पुनः सुचारु गर्न आग्रह गरिएको छ । यसअघि बन्द शैक्षिक संस्थाहरु संचालन गर्न, होटल तथा रेष्टुरेन्ट राति ११ः३० बजे र नाँचघर, क्लव, डान्सवार, दोहोरी जस्ता रात्रिकालिन व्यवसायहरु राति १ः३० बजे सम्म संचालनको अनुमति दिईएको छ ।
तर, आवश्य स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना भने अनिवार्य गरिएको छ । हाल कोरोना भाइरसको संक्रमण तथा मृत्युदरमा कमि आएको भन्दै लकडाउन तत्कालका लागि अन्त्य गरिएपनि आवश्यक परे पुन आदेश जारी गरिने सुचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार