कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल तथा उपचार केन्द्रहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
निर्देशनालयका अनुसार यसअवधिमा ६० जना महिला र ६५ जना पुरुष गरि १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९२ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितहरुको संख्या २६ हजार ३०७ जना रहेको छ ।
उनिहरु मध्ये ४०७ जनाको सधन उपचार कक्ष आइसियु र १२९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । देशभर ५४ लाख १५ हजार बढि मानिसहरुलाई कोरोना विरुद्धको खोप दिईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार