कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका उपचार केन्द्रहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये ७ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार यसअवधिमा थप १ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार २२० जना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितहरुको संख्या २६ हजार ३०७ जना रहेको छ ।
उनिहरु मध्ये ४०७ जनाको सधन उपचार कक्ष आइसियु र १२९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । देशभर ५४ लाख १५ हजार बढि मानिसहरुलाई कोरोना विरुद्धको खोप दिईएको छ ।




