एमालेका सांसदहरुको अवरोधका बिच सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक संचालन गरेका छन् ।
सभामुख सापकोटा कै भुमिका प्रति असन्तुष्टि जनाउदै आएको एमालेले निरन्तर संसदमा नाराबाजी गर्दै आएको छ ।
आफ्नो पार्टीलाई फुटाउन सभामुखको समेत भुमिका रहेको भन्दै पार्टीले अगाडी नै कार्वाही गरेका सांसदहरुको पद जोगाईदिएको आरोप सभामुख माथि छ ।
अहिले नेकपा समाजवादी दल गठन गरेका तत्कालिन एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल सहित १४ जना माथीको कार्वाहीका सवालमा सभामुखले निष्पष्क्ष व्यवहार नगरेको आरोप एमालेले लगाउदै आएको छ ।
संसदको गाँठो फुकाउने सन्दर्भमा सभामुख सापकोटाले बोलाएको सर्वदलिय बैठक समेत बहिष्कार गरेको एमालेले मंगलबारको बैठकमा पनि नाराबाजी गरेको छ ।
संसदले आज विनियोजन विधेयक २०७८ माथी विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्विकृत गरेको छ । संसदको अर्को बैठक असोज ४ गते बिहान ११ बजे बस्नेछ ।




