कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर उपचारमा रहेका संक्रमितहरु मध्ये १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो ।
यसअवधिमा थप १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार २०२ पुगेको छ । उनिहरु मध्ये ४५३ जनाको सघन उपचार कक्ष आइसियु र १३७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
मंगलबार १ हजार ५८९ जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार