यसवर्षको जेसीज सप्ताह २०२१ विभिन्न कार्यक्रमका साथ मनाउने तयारी गरिएको पोखरा जेसीजले जनाएको छ । यहि भाद्र २९ गतेदेखी असोज ४ गतेसम्म मनाउने तयारी गरिएको सप्ताहमा शिक्षा, स्वास्थ्य, कृषी, महिला तथा युवा नेतृत्व र शसक्तिकरण तथा उद्यमशिलता विकास केन्द्रित कार्यक्रमहरु समावेस गरिएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष जेसी ई. किरण के.सीले जानकारी दिए ।
सप्ताहका मुलसंयोजक जेसी ई.सन्देश पराजुलीका अनुसार सप्ताहको पहिलो दिन पोखरा १८ सराङकोट स्थित मणिज्योति आधारभुत विद्यालयमा सप्ताहको उद्धघाटन तथा जेसीज पुस्तकालयको स्थापना गरिनेछ ।
यस्तै सप्ताहको दोस्रो दिन पोखरा महानगरपालिका वडा नं.३ मा कौशी खेती सम्बन्धि तालिम, तेस्रो दिन महिलाहरुका लागि पुनः प्रयोग गर्न सकिने स्यानिटरी प्याड निर्माण सम्बन्धि तालिम, चौँठो दिन अनलाईन मार्फत उद्यमीसंग युवा विषयक अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ ।

जेसीज सप्ताह २०२१ को पाँचौ दिन कोभिड संक्रमण पश्चातको स्वास्थ्य सचेतना तथा पशमर्श, छैँठौ दिन संविधान दिवसको अवसरमा दिप प्रज्वलन तथा विषयविज्ञहरुको सहभागीतामा संविधान सम्बन्धि बहसमुलक कार्यक्रम र सातौँ दिन गण्डकी युवा वक्ता विषयक वक्तृत्वकला प्रतियोगीता सहित समापन कार्यक्रम गरिने संयोजक पराजुलीले बताए ।
पोखरा जेसीज स्थापनाको ४७ वर्षसम्म निरन्तर समाज सेवामा सर्मपित रहेको अध्यक्ष के.सीले बताएका छन् । उनले समाजप्रतिको मानविय उत्तरदायित्व बहनमा जेसीज र यसका सम्पुर्ण सदस्यहरु इमान्दार रहेको समेत बताए । आगामी दिनमा पनि आफुहरु निरन्तर सेवामा सर्मपित भइ जेसीजको गर्विलो इतिहास निर्माण गर्ने उनले जिकिर गरेका छन् ।




