कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा उपचारमा रहेका संक्रमितहरु मध्ये पर्वतका १ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
यसअवधिमा थप १९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १६६ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल १ हजार ७२८ जना सक्रिय संक्रमितहरु उपचारमा रहेका छन् । हाल नेपालमा ५१ लाख ६६ हजार बढिले कोरोना विरुद्ध खोपको पुर्ण मात्रा लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार