गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङ्गे) ले आफु अहिले सम्पति सार्वजनिक गर्ने अवस्थामा नरहेको बताएका छन् । आफ्नै मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले पारिवारिक, लेनदेन तथा अदालति प्रक्रिया लगायतका कारण सम्पति सर्वाजनिक गर्ने अवस्थामा नरेको बताएका हुन् ।
उनले भने, “छैन भन्दा छ, तर छोराहरुको नाममा छ, अव मेरो नाममा एक आना जग्गा पनि छैन्, अव मैले विजनेस गर्ने बेलामा धेरै केटाहरुलाई लगानी गर्दिएको छु, तर त्यो पैसा आएको छैन्। अव यो आउनेवाला छ भनेर खेल्न पनि गाह्रो रैछ, अव रामेले २० लाख लगेको छ, श्यामेले २ लाख लगेको छ, दिदै दिदैन्, त्यसकारण मेरो नाममा केही पनि छैन् ।”
मन्त्री मनाङ्गेले आफुसंग अहिले कुनै विजनेस नरहेको तर, नयाँ गर्ने तयारीमा रहेको बताए । मनाङ्गेले आफुलाई जग्गा वैना गर्ने मानिसले समेत ठगेको बताएका छन् ।




