कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण उपचारमा रहेका संक्रमितहरु मध्ये २१ जनाको मृत्यु भएको हो ।
यसअवधिमा १ हजार ६७७ जनामा संक्रमण पुष्टि भएको छ । २ हजार ७२ जना संक्रमण मुक्त भएका छन् । हाल ३० हजार बढि सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ । ति मध्ये ५१४ जनाको सघन उपचार कक्ष आइसियु र १५४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा ८० हजार ४०० बढिलाई खोप दिईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार