कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदशेका विभिन्न अस्पतालमा उपचाररत ३ जना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना संक्रमणका कारण ज्यान गुमाउनेमा कास्कीका १ जना, नवलपुरमा १ जना र पर्वतका १ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १४० जना महिला र ११२ जना पुरुष गरि थप २५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
हालसम्म गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २५२ पुगेको छ भने, कुल संक्रमितको संख्या भने ८१ हजार ६८१ पुगेको छ ।




