कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका विभिन्न अस्पतालहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
विवरण अनुसार म्याग्दी, पर्वत, तनहुँ, कास्की, बाग्लुङ र स्याङ्जाका १–१ जना गरि ६ जनाको मृत्उु भएको हो । पछिल्लो २४ घण्टामा ४७ जना महिला र ४५ जना पुरुष गरि ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
३२७ जना संक्रमण मुक्त भएका छन् । हाल २ हजार ४१० जना सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।




